समाचार

तल्लो पेट दुखेको उनकै आग्रहमा जाँच गरेको कुनै गलत उद्देश्य नभएको भनाई

Spread the love

शनिबार बालिकाका आफन्तले मेडिकलमै पुगेर सिएमए अध्ययन गरेका स्वास्थ्यकर्मी गणेशबहादुर थापामाथि कुटपिट गरेका हुन्। पेट दुखेपछि मेडिकल पुगेकी बालिकाले स्वास्थ्य जाँचका क्रममा आफूलाई जबर्जस्ती कपडा खोल्न लगाएर संवेदनशील अंगमा हात लगाएको आफन्तलाई बताएपछि उनीहरू मेडिकल पुगेका थिए। घटनाको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।बाँकेको कोहलपुरस्थित थापा मेडिकलमा स्वास्थ्य जाँचका क्रममा बालिकाको संवेदनशील अंगमा हात लगाएको आरोपमा एक स्वास्थ्यकर्मी कुटिएका छन्।

स्वास्थ्यकर्मी थापाले भने बालिकाले सेतो पानी बग्ने, गानो–गोला भएको र तल्लो पेट दुखेको बताएपछि उनकै आग्रहमा जाँच गरेको र आफ्नो कुनै गलत उद्देश्य नभएको बताएका छन्।

बाँके प्रहरीका सूचना अधिकारी प्रतितसिंह राठौरका अनुसार कुटपिटमा परेका स्वास्थ्यकर्मीलाई शनिबार नै नियन्त्रणमा लिइएको छ। घटनामा संलग्न अर्को पक्षलाई पनि आज बोलाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।