समाचार

ट्रम्प प्रशासनको इरानप्रतिको कडा नीतिको अर्को संकेत

Spread the love

अमेरिकी अधिकारीहरूका अनुसार विदेशमन्त्री मार्को रुबियोको निर्देशनपछि इरानी प्रतिनिधिमण्डलका सदस्यलाई तत्काल अमेरिका छाड्न भनिएको थियो। तर दुई कूटनीतिज्ञले निर्देशन पालना नगरेपछि पुनः देश छाड्न आदेश दिइएको र अन्ततः उनीहरूलाई अमेरिका बाहिर पठाइएको जनाइएको छ।संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर पनि तोकिएको समयपछि न्यूयोर्कमै बसेका दुई इरानी कूटनीतिज्ञलाई अमेरिकाले देश छाड्न बाध्य बनाएको बताइएको छ।

अधिकारीहरूका अनुसार एक कूटनीतिज्ञले शुक्रबार राति र अर्काले शनिबार बिहान अमेरिका छाडेका थिए।अमेरिका र इरानबीच पछिल्लो समय बढिरहेको तनावका बीच भएको यो घटनालाई ट्रम्प प्रशासनको इरानप्रतिको कडा नीतिको अर्को संकेतका रूपमा हेरिएको छ।