देउवा समूहको कांग्रेस वडा अधिवेशन आजदेखि, देशभर संगठन विस्तारमा जुट्दै
टिकारम भन्डारि
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु गर्दैछ। देउवा समूहले आफ्नो छुट्टै कार्यतालिकाअनुसार वडा अधिवेशन अघि बढाउन लागेको हो।
वडा अधिवेशनमार्फत स्थानीय तहमा नयाँ नेतृत्व चयनसँगै क्षेत्रीय प्रतिनिधि छनोटको प्रक्रिया अघि बढाइनेछ। वडा तहबाट सुरु हुने अधिवेशनले गाउँ/नगर हुँदै क्षेत्र, जिल्ला र केन्द्रसम्मको नेतृत्व चयनको आधार तयार गर्नेछ।
देउवा समूहले यसअघि निर्वाचन आयोगलाई छुट्टै कार्यतालिकाबारे जानकारी गराउँदै असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने जनाएको थियो। त्यसपछि गाउँ/नगर अधिवेशन र केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।
पार्टीभित्र संस्थापन र इतर समूहबीच महाधिवेशनको प्रक्रिया र नेतृत्वलाई लिएर मतभेद रहँदै आएको अवस्थामा देउवा समूहले आजबाट सुरु गर्ने वडा अधिवेशनलाई राजनीतिक रूपमा समेत महत्वपूर्ण मानिएको छ।
