समाचार

मर्निङवाकमा निस्किएका घलेलाई गैंडाको आक्रमण

Spread the love

भरतपुर महानगरपालिका–२५ स्थित फलेनी क्षेत्रमा मर्निङवाकमा हिँडिरहेका स्थानीय ४२ वर्षीय भक्तबहादुर घलेलाई एक्कासी जंगली गैंडाले आक्रमण गरेको हो।
गैंडाको आक्रमणबाट घले गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते घलेको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ।
बिहानको समयमा बस्ती आसपास तथा सडक क्षेत्रमा जंगली जनावरको आवतजावत हुने भएकाले स्थानीयलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।