नागरिकलाई सरकारले सुरक्षित वातावरण सिर्जना गराउने कार्य गर्न आवश्यक

Spread the love

टिकाराम भन्डारि

समाजमा देखिएको अराजकता, राज्य व्यवस्थाको कमजोरी तथा २०८२ भदौ २४ गते भएको विध्वंसात्मक अराजकतापछि विकसित विचलित मनोविज्ञानले पनि यस्ता घटनाको वातावरण निर्माण गरेको छ।नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पछिल्लो समय समाजमा देखिएका ह’त्या, हिंसा र बला’त्कारका घटनालाई केवल आपराधिक गतिविधिको सीमाभित्र राखेर बुझ्न नहुने बताएका छन्।

पोखरेलले पछिल्लो समय आ’त्मह’त्याका घटनासमेत बढिरहेको उल्लेख गर्दै विध्वंसात्मक गतिविधिले समाजको सामूहिक मनोविज्ञानमा गम्भीर प्रभाव पारेको बताएका छन्।उनले विध्वंसात्मक घटनामा संलग्न योजनाकार तथा दोषीको पहिचान गरी कानुनी कारबाही नगरेसम्म अपराधमा संलग्न व्यक्तिहरूमा कानुनको डर कमजोर हुँदै जाने चेतावनी दिएका छन्।

दोषीलाई दण्डित नगर्ने अवस्था कायम रहे अपराधीहरू निर्भय बन्ने र आम नागरिक भने त्रास तथा असुरक्षाबीच जीवन बिताउन बाध्य हुने उनको धारणा छ।महासचिव पोखरेलले समाजमा बढिरहेको अपराध र असुरक्षाको अवस्था अन्त्य गर्न दोषी पहिचान तथा कानुनी कारबाहीसँगै राज्य संयन्त्रलाई प्रभावकारी, जिम्मेवार र उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन्।उनका अनुसार अपराध नियन्त्रणका लागि घटना भएपछि कारबाही गर्नु मात्र पर्याप्त हुँदैन। राज्यले नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउने गरी आफ्नो उपस्थिति र प्रभावकारिता समेत स्थापित गर्न आवश्यक छ।