नेपाली दुग्ध उद्योग किसान र स्वदेशी उत्पादनको बजार विस्तारमा नयाँ अवसरकाे सिर्जना

Spread the love

टिकाराम भन्डारि

डीडीसीको घिउलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन रातो र चन्द्र सूर्य इन्टरनेशनल कम्पनीसँग वार्षिक न्यूनतम ५० हजार किलो घिउ दुबई निर्यात गर्ने सम्झौता भएको बताइएको छ।नेपालको दुग्ध उत्पादन क्षेत्रका लागि नयाँ उपलब्धि थपिएको छ। नेपाल दुग्ध विकास संस्थान (डीडीसी) को घिउ पहिलोपटक दुबई निर्यात गरिएको छ। पहिलो चरणमा ६ सय किलो घिउ दुबई पठाइएको हो।

नेपाली उत्पादनलाई विदेशी बजारमा स्थापित गर्ने अभियानअन्तर्गत स्वदेशी दुग्धजन्य उत्पादनको प्रवर्द्धनमा जोड दिइएको छ। प्रधानमन्त्री बालेन शाहले समेत डीडीसीका उत्पादनको प्रचार–प्रसार गर्दै नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने विषयमा प्राथमिकता दिँदै आएका छन्।यो सम्झौतासँगै नेपाली घिउको बजार अब दुबईसम्म विस्तार हुने अपेक्षा गरिएको छ। वार्षिक ५० हजार किलो घिउ निर्यातको सम्झौता कार्यान्वयनमा आएमा यसले नेपाली दुग्ध उद्योग, किसान र स्वदेशी उत्पादनको बजार विस्तारमा नयाँ अवसर सिर्जना गर्न सक्नेछ।