माेटरसाईकल सवार दुई पुरुष गम्भीर घाइते
जिल्ला चितवन भरतपुर भरतपुर महानगरपालिका १ आपटारी देखि २०० मिटर अगाडी बिधुत सवस्टेशन कार्यालय अगाडी नारायणगढबाट रामनगर तर्फ आउदै गरेको बा ८० प ७०७७ न.को मोटर साईकलसा आफै अनियन्त्रित भइ खतरा साइड्मा गइ विपरीत दिशाबाट आफ्नै लेनमा जाँदै गरेको बा.प्र. ०३००१ ख ३५३० न.को ट्रकको अगाडी भागमा ठोकिन जादा माेमाटर साईकल सवार दुई पुरुष गम्भीर घाइते भइ उपचारको लागि नयाँ मेडिकल कलेज पठाएको र सोही क्रममा रामनगरबाट आपटारी तर्फ नै जाँदै गरेको HRO5BJ 0466 न.को इन्डियन कार समेत ट्रकको पछाडि ठोकिन जादा कारको अगाडी भागमा क्षती पुगेको तीन वटै सवारी साधन र ट्रक चालक जिल्ला मकवानपुर हेटाैडा उपमहानगर १८ बस्ने वर्ष ३६ को बुद्ध लामा जिल्ला प्रहरि कार्यलय चितवनको नियन्त्रणमा रहेकाे दुर्घटना स्थानमा इलाका प्रहरी कार्यलय रामनगरबाट प्रहरि नायब निरिक्षक बिनोद अधिकारीकाे कमाण्डमा प्रहरी टोली खटि गएको, उक्त स्थान इलाका प्रहरी कार्यालय रामनगरबाट १.५ कि मि दक्षिण पर्ने स्थानमा रहेकाे जनाएकाे छ ।
१.मोटर साईकल पछाडि सवार जिल्ला तनहु भानु नगरपालिका.७ बस्ने बर्ष १९ पुकार श्रेष्ठ (टाउकोमा चोट गम्भिर)
२.माेटर साईकल चालक जितवन चितवन भरतपुर मरतपुर १३ बस्ने बर्ष २०/२१ को संदेश विष्ट टाउकोमा चोट गम्भिर मोटर साईकलचालक संदेश विष्टलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले बताउनु भयाे ।
