अल्ट्रा एचडी दृश्य इन्फ्रारेड अल्ट्राभायोलेट राडारजस्ता संवेदनात्मक क्षमता उपलब्ध गराउन सक्ने -इलोन मस्क

Spread the love

नयाँ प्रविधिले आँखा वा दृष्टि स्नायु प्रयोग नगरी सिधै मस्तिष्कको भिजुअल कोर्टेक्समा संकेत पठाउनेछ। यसमार्फत जन्मदेखि नै पूर्ण रूपमा दृष्टिविहीन व्यक्तिले समेत दृश्य अनुभव गर्न सक्ने सम्भावना रहेको उनको दाबी छ।अमेरिकी अर्बपति उद्यमी तथा न्युरालिङ्कका प्रमुख इलोन मस्कले आगामी ६ देखि १२ महिनाभित्र दृष्टिविहीन व्यक्तिका लागि विकसित ‘Vision Device’ नामक मस्तिष्क चिप पहिलो पटक मानवमा प्रत्यारोपण गर्ने योजना रहेको घोषणा गरेका छन्।

उनले भविष्यमा यस प्रविधिले प्राकृतिक दृष्टिभन्दा पनि उन्नत क्षमता, जस्तै अल्ट्रा–एचडी दृश्य, इन्फ्रारेड, अल्ट्राभायोलेट तथा राडारजस्ता संवेदनात्मक क्षमता उपलब्ध गराउन सक्ने दाबी गरेका छन्।यद्यपि, न्युरालिङ्कले यस प्रविधिसम्बन्धी समकक्षी विज्ञबाट समीक्षा गरिएको वैज्ञानिक अनुसन्धान अहिलेसम्म सार्वजनिक गरेको छैन। कम्पनीले मस्तिष्क–कम्प्युटर इन्टरफेससम्बन्धी प्रारम्भिक मानव परीक्षणका लागि अमेरिकी नियामक निकायबाट अनुमति भने प्राप्त गरिसकेको छ।विज्ञहरूले यस प्रविधिलाई सम्भावनायुक्त माने पनि मस्कले उल्लेख गरेको समयसीमा र सफलतासम्बन्धी दाबी पुष्टि गर्न थप वैज्ञानिक परीक्षण तथा स्वतन्त्र अध्ययन आवश्यक पर्ने बताएका छन्।