भरतपुर महानगरपालिका २ द्वारा अर्गानिक साबुन, हार्पिक,फिनेल, पिताम्बरि बनाउने तालिम सम्पन्न

Spread the love

भरतपुर महानगरपालिका वडा नं २ को आयोजनामा वडा भित्र बसोबास गर्ने ४० जना नागरिकहरुलाई अर्गानिक साबुन,हरपिक, फिनेल तथा पिताम्बरी बनाउने तालिम सम्पन्न गरेको छ। तालिम समापन कार्यक्रममा तालिम संयोजक वडा नं २ का वडा सदस्य उर्वशी तोलाँग गोतामे,वडा सदस्य बेलपत्र श्रेष्ठ,वडा सदस्य बलराम सिटौला,वडा सचिव सिता लम्साल,मानव अधिकार शान्ति समाज चितवनका अध्यक्ष पूर्णचन्द्र चापागाईं,प्रशिक्षक नन्दी थापा ,प्रशिक्षक स्वस्ती रेग्मी लगाएत तालिमका सहभागी हरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मनोज रानाभाट ज्यु ले सम्पूर्णलाई राम्रोसँग तालिम सिकेर व्यवहारमा लागू गर्न उत्प्रेरित गर्नुभयो। वहाँले आफ्नो टोलमा उद्योग स्थापना गरी सबैलाई स्वरोजगार बन्न आग्रह गर्नुभयो। तालिममा सहभागीहरुलाई व्यवसाय दर्ता गर्न चाहेमा वडा ले निशुल्क गर्ने, साबुन बनाउने फर्मा प्रविधिको रूपमा हस्तान्तरण गर्ने ,उत्पादित वस्तुहरूलाई वडा नं २ भित्रै बिक्रीमा प्राथमिकता दिने,सामूहिक रूपमा सहभागीहरु ले माग गरेमा आगामी वर्ष बीउ पुँजीका रूपमा रकम हस्तान्तरण गर्ने साथै उपलब्धिमुलक भएमा पुनः थप अन्य सेनि टाइजर ,नुहाउने स्याम्पु ,कुलिन,कपडा धुने साबुन सम्बन्धी तालिम उपलब्ध गराउने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।तालिम कार्यक्रम सेवा प्रदायक संस्था हितैषि सिपमुलक तालिम केन्द्र भरतपुर ११ ले संंन्चालन गरेकाे थियाे।कार्यक्रमको समापन वडा अध्यक्ष मनोज रानाभाट ज्यु काे अध्यक्षतामा गरिएको थियो।