निर्वाचन पछि सम्बोधन गर्दै उत्तम जोशी।
मंसिर ४ गते भएको संघ तथा प्रदेश प्रतिनिधि सभाको लागि भएको आम निर्वाचनमा चितवनको तर्फबाट चितवन १(क) बाट नेकपा एमालेका जगन्नाथ थपलिया १७,६८८ मत सहित बिजय हासिल गर्नुभएको छ भने उहाका प्रत्यासी उमेदवार नेपाली काङ्ग्रेस (गठबन्धन) का किरण भूषण ओलीले १०,७१२ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उमेदवार धन बहादुर गुरुङले ६,२६५ मत प्राप्त गर्नुभएको छ ।
त्यसै गरि १(ख) बाट प्राप्त मतगणना परिणाम अनुसार नेकपा एकीकृत समाजवादी (गठबन्धन) का कृष्ण शर्मा खनालले १५,५०७ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँका प्रत्यासी उमेदवार नेकपा एमालेका प्रकाश खनाल (शैलेश) ले १४,७६८ मत प्राप्त गर्नुभएको छ भने अर्का उमेदवार राश्ट्रीय प्रजातन्त्र पार्टीका बलराम शर्माले ९,४१९ मत प्राप्त गर्नुभएको छ ।
त्यसै गरी चितवनको क्षेत्र नम्बर २(क) बाट नेकपा एमालेका कृष्ण प्रसाद सिल्वालले १६,५०० मत सहित बिजय हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी उमेदवार नेकपा माओवादी केन्द्र (गठबन्धन) का घनश्याम दाहालले १५,२६० मत प्राप्त गर्नुभएको छ भने राश्ट्रीय प्रजातन्त्र पार्टीका रुक्मागत पोख्रेलले ५,१९३ मत प्रहरी गर्नुभएको छ ।
चितवन क्षेत्र नम्बर २(ख) अन्तर्गत नेपाली काङ्ग्रेस (गठबन्धन) का नेपाली काङ्ग्रेस निवर्तमान जिल्ला सचीव, महाधिवेशन प्रतिनिधि, इमान्दार, जुझारु, कर्मठ, युवा उमेदवार उत्तम जोशीले १३,३०६ मत सहित प्रदेश सभा सदस्यमा बिजयी हुनुभएको छ भने उहाँका प्रत्यासी उमेदवार नेकपा एमालेका देवी प्रसाद ज्ञवालीले १२,७४४ मत ल्याउनुभएको छ त्यसै गरि अर्का उमेदवार राश्ट्रीय प्रजातन्त्र पार्टीका जगदेश्वर अधिकारीले ७,६०८ मत ल्याउनुभएको छ ।
चितवन क्षेत्र नम्बर ३(क) बाट राश्ट्रीय प्रजातन्त्र पार्टीका गिर बहादुर तामाङले १७,८१३ मत सहित बिजयी हुनुभयो भने उहाँका प्रत्यासी उमेदवार नेपाली काङ्ग्रेस(गठबन्धन) का सुर्यकान्त घिमिरेले १४,९५६ मत प्राप्त गर्नुभएको छ भने अर्का उमेदवार नेकपा एमालेका कृष्ण प्रसाद भुर्तेलले ११,६२३ मत ल्याउनुभएको छ ।
चितवन क्षेत्र नम्बर ३(ख) मा मतगणना जारी रहेको कुरा निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ हालको मत परिणाम अनुसार नेकपा माओवादी केन्द्र (गठबन्धन) का ठाकुर ढकालले १४९१ मत सहित अग्र स्थानमा हुनुहुन्छ भने नेकपा एमालेका सरस्वती बिश्टले ८६२ र रा. प्र. पा. रिना गुरुङले ६७१ मत पाउनुभएको जनाइएको छ । भने भाेलि प्रदेश सभाका निर्वाचित उत्तम जाेशिकाे बिजय उत्सव भाेलि ९ गते शुक्रबार हने पाटि सभापति राजेस्वर खनालले बताउनु भयाे।