वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न अन्तरिम आदेश

Spread the love

पानकाज बिक्रम नेवाङ्ग सहितको तर्फबाट दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै अदालतले नेपाल फुटवल एसाेसिएस का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्ययाधीश गणेश प्रसाद बराल र तेजेन्द्र प्रसाद शर्मा सापकाेटा को संयुक्त इजलासले प्रारम्भिक सुनुवाइपछि उक्त आदेश जारी गरेको हो।

अन्तिम निर्णय नहुँदासम्म यात्रामा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ।अदालतले नेशनल स्पाेर्ट काउन्सिल नेपाल ले यसअघि गरेको निलम्बन फुकुवा भइसकेको अवस्थालाई आदेशको आधार मानेको छ।साथै, एन्फा पदाधिकारीहरूको अन्तर्राष्ट्रिय सहभागिता रोक्न विभिन्न निकायमा गरिएको पत्राचारसमेत तत्काल कार्यान्वयन नगर्न आदेश दिइएको छ।