फुटबल टोलीलाई अमेरिका छाडेर मेक्सिको फर्किन बाध्य खेलपछि खेलाडीहरूले एक रात पनि आराम गर्ने अवसर किन पाएनन् ?

Spread the love

पत्रकार सम्मेलनमा बोल्दै टोलीले विश्वकप अवधिभर असाधारण चुनौती सामना गरिरहेको बताएका छन्। उनका अनुसार खेलाडीहरूलाई पर्याप्त विश्रामको अवसर नदिई खेल सकिएलगत्तै मेक्सिकोस्थित प्रशिक्षण शिविरमा फर्किन निर्देशन दिइएको थियो।लस एन्जलसस्थित सोफाइ स्टेडियममा सम्पन्न खेलपछि घालेनोडीले भने, “हामी विश्वकपको सबैभन्दा पीडित टोली हौँ। कठिन खेलपछि पनि खेलाडीहरूले एक रात आराम गर्ने अवसर पाएनन्।”

इरान र अमेरिकाबीच लामो समयदेखि कायम राजनीतिक तनावका कारण इरानी टोलीले विश्वकप तयारीकै क्रममा विभिन्न प्रशासनिक र कूटनीतिक चुनौती भोग्नुपरेको उल्लेख गरेका छन्। भिसा प्रक्रियामा कडाइ भएपछि इरानले आफ्नो प्रारम्भिक प्रशिक्षण शिविर अमेरिकामा नभई मेक्सिकोमा राख्नुपरेको थियो।केही टोली अधिकारी र सहयोगी सदस्यहरूले अमेरिकी भिसा समेत प्राप्त गर्न नसकेको बताइएको छ। त्यसैगरी, अमेरिकाभित्रको यात्रा र आवागमनका क्रममा समेत खेलाडीहरूले लामो सुरक्षा जाँच र अतिरिक्त प्रक्रियाको सामना गर्नुपरेको दाबी गरिएको छ।इरानी टोलीका कप्तान मेहदी तारेमीले पनि खेलाडीहरू लगातार यात्रा, सुरक्षा जाँच र प्रशासनिक झन्झटबाट प्रभावित भएको बताएका छन्। उनका अनुसार सामान्य यात्रामा समेत घण्टौँ समय खर्चिनुपरेको छ।

न्युजिल्यान्डसँगको बराबरीपछि इरान अहिले मेक्सिकोस्थित आफ्नो प्रशिक्षण क्याम्पमा फर्किसकेको छ। टोली अब समूह चरणका बाँकी दुई महत्वपूर्ण खेल बेल्जियम र इजिप्टविरुद्धको तयारीमा केन्द्रित भएको छ।भिसा समस्या, कडा सुरक्षा व्यवस्था र लामो यात्राका बाबजुद इरानी टोलीले विश्वकप अभियानलाई निरन्तरता दिने र मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता दोहोर्‍याएको जनाएको छ।