जनताकाे घरदैलाेमा मेयर शमसेर लामा -राप्ती नगरपालिका

Spread the love

चितवन राप्ती नगरपालिका मेयर समसेर लामा जनताकाे सेवामा वडा वडा र घरघरमा पुग्न थालेका छन् । चुनावकाे बेलामा जनतालाई देखाएकाे वचन पूरा गर्नकाे लागि लागि वडा वडामा पुग्दै मेयर् जनताकाे पिर सुन्दै जनताकाे समस्याकाे सम्वाेधन गर्ने गरेकाे बताउनुहुन्छ ।। जनतालाई दिएकाे वचन पूरा गर्न जग्गा धनी लालपुर्जा बितरणकाे लागि नापि टाेलि लिई जनताकाे घरदैलाे पुग्दै दशै अघि लालपुर्जा बितरण गर्न सकिन्छ कि भनी लागि परेेकाे बताउनु भयाे । सबैकाे साझा सहमतिमा आर्थिक ऐन प्रचलित कानुन बमाेजिम विकास निर्माण काम अगाडि बढाउने वडा वडामा बाटाे बिजुलि ,बत्ति ,विद्यालय, मठ ,मन्दिर, स्वास्थ केन्द्र, नदि कटान नियन्त्रण , स्वास्थ सम्बन्धि जनचेतना ,सहकारि ब्यावस्थापन ,राप्ती नगरपालिकामा झैझगडाबाट जिल्ला अदालतमा जाने मुद्दा समेत मेलमिलापबाट घटाउने बताउनु भयाे । युवा स्वराेजगारलाई उच्च प्रथामिमतामा राखि विभिन्न सीप मुलक तालिम दिई एक घर एक राेजगार बनाउने लक्ष परिणत गरि ब्यवसाय दर्ताकाे लागि प्राेसाहन गरिने बताउनु भयाे ।कृषिमा आधुनिकीकरणका लागि कृषिकाे पकेट क्षेत्र गाई ,भैंसी बाख्रा पालन बंगुर, सुँगुर ,कुखुरा माछा पालन मा जनता लाई आवास्यक सहयाेग गर्ने उद्योग तथा कलकारखानालाई संरक्षण गरी राेजगारिकाे सिर्जना गरिने भ्रस्ट्रचार मुक्त गरीने साथै कार्यालय प्रति जवाफदेहिता तथा प्रशासनमा हुने ढिला सुस्ति भ्रस्टचारलाई सुन्यमा ल्याउदै अब पाँच बर्षमा विकास र सुन्दर शहर हेर्न राप्ति नगरपालिका जाउ अभियान चलाई नेपालकाे पर्यटनमा ध्यान खिच्ने ट्रेकिङ् हाेमस्टे काे ब्यावस्था गरि राप्ती नगरकाे नागरिकलाई आर्थिक सम्पन्न गराउने बताउनु भयाे ।