आयोगले केही कर्मचारी र सुरक्षाकर्मीलाई सम्मान तथा बढुवाका लागि सरकारसमक्ष सिफारिस

Spread the love

भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोगले केही कर्मचारी र सुरक्षाकर्मीलाई सम्मान तथा बढुवाका लागि सरकारसमक्ष सिफारिस गरेको छ। आयोगले घटनाका क्रममा देखिएको कार्यसम्पादनका आधारमा नगद पुरस्कार र पदोन्नतिको प्रस्ताव अघि सारेको हो।आयोगले गृह मन्त्रालयका सहसचिव प्रकाश पौडेल, उपसचिव कमल पाण्डे र कम्प्युटर अपरेटर ज्ञानु थापालाई नगद पुरस्कार प्रदान गर्न सिफारिस गरेको छ। त्यस्तै, नेपाल प्रहरीका नायव उपरीक्षक विष्णुप्रसाद सोती, मुकेशकुमार तिवारी, प्रहरी निरीक्षक गजेन्द्र रावल तथा प्रहरी हवल्दार जयकिशनप्रसाद कुर्मीलाई पनि पुरस्कृत गर्न सुझाव दिएको छ।यसैगरी, उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै प्रहरी सहायक हवल्दार निराज नेपाली र हरिप्रसाद जैशीलाई एक तह पदोन्नति दिनुपर्ने आयोगको निष्कर्ष छ।आयोगका अनुसार जोखिमपूर्ण परिस्थितिमा समेत जिम्मेवारी निर्वाह गर्दै उल्लेखनीय योगदान पुर्‍याएका कर्मचारी र सुरक्षाकर्मीलाई सम्मान तथा प्रोत्साहन दिनु आवश्यक देखिएको हो।