नेपालले छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम राख्दै सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड-सुजता काेईराला

Spread the love

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले नेपालले छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम राख्दै सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएकी छन्।गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले छिमेकीसँग राम्रो सम्बन्ध राख्दा देशमा स्थिरता कायम रहने उल्लेख गरिन्। “कसैको पक्ष र कसैको विपक्षमा लाग्नुहुँदैन,” उनले भनिन्।

उनले नेपालले पञ्चशीलको सिद्धान्तलाई आधार बनाएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरिन्। साथै, सहमति, सहकार्य र एकतामार्फत शान्ति प्रक्रिया सफल बनाउने क्रममा गिरिजाप्रसाद कोइरालाको भूमिका महत्वपूर्ण रहेको स्मरण गरिन्।कोइरालाले नेपाली कांग्रेस राष्ट्रप्रति जिम्मेवार पार्टी भएको उल्लेख गर्दै पार्टीभित्र एकता आवश्यक रहेको बताइन्। निर्वाचन परिणामले आत्तिनुपर्ने अवस्था नभएको बताउँदै विगतका कमजोरी सुधार गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिइन्।उनले भोलिको नेपाल युवाको भएको उल्लेख गर्दै पार्टीका सबै तहमा युवाको सहभागिता बढाउनुपर्ने र इतिहासबाट पाठ सिकेर भविष्य निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइन्।