मतदाताहरुले नै १५ लाख आर्थिक सहयोग गरे
हावीर पुनलाई मतदाताहरुले नै गरे १५ लाख आर्थिक सहयोग !
म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका वैज्ञानिक महावीर पुनलाई मतदाताहरुले नै १५ लाख आर्थिक सहयोग गरेका छन् । चुनाव प्रचार प्रसारका लागि बिभिन्न गाउँमा पुग्दा मतदाताहरुले नै चुनावी खर्चका लागि भन्दै १५ लाख रुपैयाँ नगद सहयोग पाएको महावीर पुनले बताएका छन् । त्यस्तै अनलाइन मार्फत अन्य केही रकम समेत प्राप्त भएको भन्दै केही दिनमा सम्पूर्ण हिसाब गरेर सार्वजनिक गर्ने बताएका छन् । चुनाव प्रचारमा आफ्नो एक रुपैयाँ पनि खर्च नभएको र एक रुपैयाँ पनि खर्च नगरी चुनाव जित्ने पक्का भएको भन्दै मतदाताहरुलाई धन्यवाद समेत दिएका छन् ।
