नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य सीता ढुंगाना राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश
गाउँपालिकाकी पूर्वउपाध्यक्षसमेत रहेकी ढुंगाना एमालेबाट उपाध्यक्ष भएकी थिइन् । उनी पछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेकी थिइन् ।प्रचण्डको नेकपा माओवादी केन्द्र र माधव नेपालको नेकपा एकीकृत समाजवादीलगायत पार्टीबीच एकता भएपछि ढुंगाना नेकपाको केन्द्रीय सदस्य भएकी थिइन् ।ढुंगाना रास्वपा प्रवेश गरेपछि पूर्वमन्त्री, मुख्यमन्त्री, नेकपाका उपल्लो तहका नेता राजेन्द्र पाण्डेलाई ठूलो राजनीतिक धक्का लागेको चर्चा चलेको छ । रास्वपामा प्रवेश गरे पनि अझै उनको सामाजिक सञ्जालमा भने नेकपाकै केन्द्रीय सदस्य भन्ने उल्लेख छ ।
