शान्ति हाम्रो अधिकार, अहिँसा हाम्रो पहिचान, सद्भाव हाम्रो जिवनधारा, सहिष्णुता हाम्रो स्वाभिमान, सद्भाव प्रबर्धन तथा हिँसा र घृणाको खारेजी भन्ने नारा

Spread the love

पूर्ण चन्द्र चापागाई

समाजलाई तोड्न होईन जोड्नका लागि योगदान गरौं, समाज रुपान्तरणका लागि चालक शक्ति सदैब अहिंसा हुनुपर्छ, अराजकता होईन, हिँसा र घृणा खारेज गरौं, अहिंसा, शान्ति र सद्भाव प्रवर्धन गरौँ, दिगो शान्तिका लागि समुदायबीच सुमधुर सम्बन्ध अपरिहार्य, सहिष्णुता भनेको सम्मान हो, स्वीकारोक्ति हो, ग्रहणशीलता हो, बिबिधताको सराहना हो, धार्मिक सद्भाव, जातीय सद्भाव, सामाजिक सद्भाव,राजनीतिक सद्भाव, स्थायी शान्तिको आधार नै सद्भाव, सामाजिक संजालको दुरुपयोग होईन,सदुपयोग गरौँ, घृणा र प्रतिशोध मुक्त सामाजिक संजाल, सामाजिक संजाललाई भ्रामक जंजालबाट मुक्त राखौं

, DISINFORMATION, MISINFORMATION लाई खारेज गरौँ, सम्मृद्धिका लागि हिंसामुक्त नेपाल, हिंसाको कारक बन्ने आवेग माथि नियन्त्रण गरौँ, शान्तिको जगेर्ना गर्न बिबेक प्रयोग गरौं, अफवाहको पछाडी नलागौं, भरपर्दो सुचनाको श्रोतमा बिश्वास गरौँ, उत्तेजना फैलाउनु अपराध हो, जिम्मेवार भएर सामग्री सम्प्रेषण गरौँ, सामाजिक संजाल लगायत सूचना प्रविधिको बिबेक सम्मत प्रयोग गरौँ

भन्ने प्लेकार्ड सहित उपस्थिती रहेको थियो। मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य शम्भु राउत, कार्यसमितिका पदाधिकारी, आजिवन सदस्य, शुभचिन्तक, बुद्धिजिवीहरू समेतको उपस्थिति भएको उक्त कार्यक्रमको शुभारम्भ तथा समापन शाखा सभापति पूर्णचन्द्र चापागाई गर्नु भएको थियो

भने सोही अवसरमा उपस्थित महानुभावहरूलाई उपस्थितीको लागि धन्यवाद सहित कार्यक्रमको विषयमा चर्चा समेत गर्नु भएको थियो।

भरतपुरको चौबिसकोठी चोक भएको उक्त प्रदर्शन कार्यक्रम २०८२ पौष २७ गते आइतवारका दिन बिहान ठिक ११:०० बजे शुरू भई आधा घण्टासम्म चलेको थियो।