जग्गाधनी दर्ता प्रमाण पुर्जा प्रमाणित गरी नयाँ स्रेस्ता कायम गर्न निर्देशन
२३ र २४ भदौमा भएको आन्दोलनमा केही भूमि सुधार तथा मालपोत कार्यालय/मालपोत कार्यालय पूर्ण तथा आंशिक जलाएर नष्ट पारिएका थिए । स्रेस्ता तथा अभिलेख जलेका कार्यालयहरूमा मोठ स्रेस्ता तथा रोक्काको अभिलेख साबिक बमोजिम तयार गर्न सम्बन्धित कार्यालयले जलेर नष्ट भएको जग्गाधनी दर्ता स्रेस्ता, रोक्का अभिलेख तयार गर्न जग्गाधनीलाई सूचना पनि प्रकाशित गरेका छन् ।
सोही विषयलाई लिएर मन्त्रीस्तरीय निर्णय अनुसार कार्यालयले जग्गाधनीसँग भएको सक्कल जग्गाधनी दर्ता प्रमाण पुर्जा र एलआरआईएमएसमा भएको अभिलेख भिडेमा प्रणालीबाट त्यस्तो जग्गाको स्रेस्ता प्रिन्ट गरी प्रमाणित गरी नयाँ स्रेस्ता कायम गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ ।
त्यसैगरी अभिलेख फरक पर्न गए डीएमएसमा भएको अभिलेखसँग भिडान गर्ने र अभिलेख भिडेको अवस्थामा विवरण अद्यावधिक गरी त्यस्तो जग्गाको स्रेस्ता कायम गर्ने व्यवस्था गरेको छ ।साेहि अनुसार गर्न सबै मालपाेत कार्यलयलाई निर्देशन अनुसार गर्न सेवा ग्राहिलाई सेवा प्रदान गर्न निर्देशन जारि गरिएकाे छ ।
