खैरोहेरोईन जस्तो देखिने पदार्थ सहित ३ जना पक्राउ
जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. ४ नारायणी मल पछाडी भित्रि सडकमा लागुऔषध कारोबार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोली उक्त स्थानमा पुग्दा बाग्मति प्रदेश ०३-००६ प २६४५ नम्बरको स्कुटरमा शंकास्पद अवस्थामा वडा नं. ४ भैरबरोड बस्ने वर्ष ३० को माईकल भन्ने विवेक खड्का र बस्ने बर्ष २६ को सुशान्त मैनालीलाई फेला पारी खानतलासी गर्दा निजहरुको साथबाट लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ७३० मिलिग्राम फेला परेकाे लागु औषध सम्बन्धमा प्रारम्भिक सोधपुछ गर्ने क्रममा मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. ४ मिलन चोक स्थित विवेक खड्काको घर कोठाको ताल्चा फुटाई कोठा भित्र प्रवेश गरी लागु औषध खैरोहेरोईन २ ग्राम २५० मिलीग्राम र नगद रु.३,१७,०००।– रकम लिई भाग्न लाग्दा .वडा नं. १० बस्ने बर्ष ४२ को सन्तोष कार्कीलाई फेला पारेको उक्त लागु औषध नगद बरामद गरी बिबेक खड्का, सुशान्त मैनाली र सन्तोष कार्कीलाई नियन्त्रणमा लिई जिल्ला अदालत हेटौडाबाट लागुऔषध कसुर मुद्धामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय मकानपुरले जनाएकाे छ ।
