विशेष अदालतद्वारा १४ जना दोषी
नवराजपुर गाउँपालिकामा भएको भ्रष्टाचार मुद्दामा तत्कालीन अध्यक्ष प्रमुख प्रशास प्रशासकीय अधिकृत र उपभोक्ता समितिका १४ जना दोषि ठहर भएका छन्। विद्यालयको अपुरो भवन निर्माणमा भएको भनेर झुटो विवरणको आधारमा भुत्तानि लिए दिएको मुद्दामा तत्कालीन गाउँपालिका अध्यक्ष विश्वमोहन यादव उपाध्यक्ष शोभाकुमारी यादब प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियेत लेखापाल सोमप्रसाद सहित आचार्य १४ जना दोषी ठहर भएका हुन्। वडा नम्बर २ स्थित राम जानकी दलित आधारभूत विद्यालयको आर्थिक वर्ष ७७ /७८ मा भवन निर्माण भएको भन्दै १४ लाख ५१,५५१ रुपैयाँ भुक्तानी गरिएको पाइएको छ । तर भवन निर्माण भएको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी भ्रष्टाचार भएको दाबी गर्दै २०८१ जेष्ठ २८ गतेमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दामा विशेष अदालतले आज उनीहरुलाई भ्रष्टाचार गरेको मुद्दा थियो सो मुद्दामा विशेष अदालतले आज उनीहरूलाई भ्रष्टाचार गरेको ठहर गर्दै सजाय समेत सुनाएको तत्कालीन योजना शाखा प्रमुख तत्कालीन योजना शाह, प्रमुख रमेश निधि, जिन्सी शाह प्रमुख सञ्जय ४ नम्बरको वडा अध्यक्ष मदन यादब, नम्बर २ का अध्यक्ष खुसीलाल शाहलाई पनि दोषी ठहर गरिएको छ । गलत प्राविधिक मूल्याङ्कन प्रतिवेदन दिएका इन्जिनियर कृष्ण शाह, सब इन्जिनियर सन्तोष कुमार यादव, दोषी ठहर भएको दुवै जनालाई तीन महिना कैद १० हजार रुपैयाँ जरिवाना तोकिएको र उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनी देवी मण्डल र सचिवराम भरोसा मुखियालाई पनि दोषी ठहर भएका छन्। उनीहरूले झुटा बिल पेश गरेका थिए। उनीहरुलाई तीन महिनाकाे सजाय सुनाएको छ ।
