नेपाल प्रेस युनियन चितवनको अध्यक्षमा अनिल ढकाल निर्वाचित

Spread the love

नेपाल प्रेस युनियन चितवनको अध्यक्षमा अनिल ढकाल पुन निर्वाचित हुनु भएको छ । आज मिति २०८०/०१/२७  सम्पन्न ९ औ अधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रमा १२२ मत सहित अनिल ढकाल दोश्रो पटक निर्वाचित हुनु भएकोमा उहाको निकटम प्रतिद्वन्द्वी सुर्य अधिकारीले ५१ मत ल्याउन सफल हुनुभएको हो। त्यस्तै महिला उपाध्यक्षमा सिन्धु ढकाल निर्विरोध निर्वाचित हुनु भयो । खुला उपाध्यक्षमा प्रस्ताव सुवेदी, सचिवमा राजु चौधरी, कोषाध्यक्षमा राजु सापकोटा, सह सचिवमा राजेन्द्र कार्की र अस्मिता पराजुली, सदस्यमा बन्दना देवकोटा, लक्ष्मी ढकाल, चरणदेव महत्तो निरज, यात्री छिदाल परियार, खुला सदस्यमा माधव सापकोटा, संजय दवाडी, सुदन पौडेल, केशव भट्टराई, राजनदिल गुरुङ, शुशील पन्त, रविलाल भट्ट,  लेखाराम सापकोटा, विनोद श्रेष्ठ, महेश पाण्डे,मधेसी सदस्यमा दयासंकर चौधरी, अपाङ्गता अल्पसख्यकमा राजकुमार माथोक चेपाङ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन संयोजक पूर्णप्रसाद शर्माले जानकारी दिनु भयो ।