खैरहनी मा.बि.माडी-४मा शैक्षिक गुणस्तर क्षमताबिकास तथा उत्प्रेरणा कार्याशाला गोष्टि सम्पन्न

Spread the love

माडी नगरपालिका वडा नम्बर ४ मा अबस्थित खैरहनी मा. बि. को सभाहलमा NPL Expert coach Trainer छवि अधिकारीको सहजीकरणमा माडी नगरपालिका नगर प्रमुख प्रशाअसकीय अधिकृत पुष्पराज ढकालको प्रमुख अतिथ्य, माडी नगरपालिका वडा नम्बर ४ का वडाध्य्क्ष माधब प्रसाद चापागाईंको बिशिस्ट आतिथ्य, माडी नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण मा. बि. का प्रधानाध्यापकहरूको आतिथ्य, बिद्यालय ब्यबस्थापन समिति पदाधिकारी, शिक्षक, अभिभावक संघ पदाधिकारी, बिद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरू, बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरू, जनप्रतिनिधिहरूको सहभागितामा शैक्षिक गुणस्तर बिकास तथा उत्प्रेरणा कार्याशाला गोष्टि सम्पन्न भएको छ । उक्त क्षमता बिकास गोष्टिमा ४२७ जना सहभागीहरू लाभान्वित भएको कुरा खैरहनी मा. बि. माडीका शिक्षक श्री माधब बस्नेतले चिरफार खबर पत्रिकाका सम्बादाता श्री पूर्ण चन्द्र चापागाईंलाई जानकारी गराउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि ढकालले बिद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि माडी नगरपालिका कार्यालय सदैव साथमा रहेको बताउदै बिद्यालय परिवारलाई धन्यवाद सहित शुभकामना पनि दिनुभएको थियो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री सुवास तिवारीको स्वागत मन्तव्यबाट शुरुभएको गोष्ठीमा ४ वटा शिफ्टमा कार्याशाला गोष्टि सन्चालन गरिएको थियो । जस अन्तर्गत समुद्घाटन शत्र २ शिफ्टमा बिद्यार्थीसङ्ग प्रशिक्षक कार्यक्रम रहेको थियो । उक्त कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष श्री सुवास तिवारीको अध्यक्षता र बिद्यालयका प्रधानाध्यापक श्री कुलानन्द भुसालको उद्घोषणमा कार्यक्रम सन्चालन भएको थियो । कार्यक्रमका सहजकर्ता श्री छवि अधिकारीले यस कार्यक्रम मार्फत समाजमा रहेका हर प्रकारका चुनौतीको सामना कसरी गर्ने, बिद्यार्थीहरूको समस्याको पहिचान र त्यसको निराकरण, शिक्षक, अभिभावक र बिद्यार्थीबीचको सम्बन्ध सुदृढीकरण के कसरी गर्न सकिन्छ त्यसलाई समाजका हरेक बर्ग र समुदायले के कस्तो सहयोग र समर्थनले बिद्यालयको शैक्षिक गुणस्तरदेखि समग्र बिकासमा भूमिका निर्वाह गर्न सकिन्छ । शिक्षा प्राप्तिमा रहेका समस्याहरूको पहिचान गरि सबै विद्यार्थीलाई समग्र रुपमा के कसरी अगाडि बढाउन सकिन्छ भन्ने जस्ता बिषयमा गोष्टिमा सहभागीहरूसङ्ग छलफल तथा समस्या निराकरणका उपाय ब्यबस्थापनमा बिशेष जानकारी गराइएको थियो ।