समाचार

आज गोवर्धन पूजा, गोरु पूजा र म्हपूजा मनाइँदै

Spread the love

सुरेस कुमार थपलिया

काठमाडौं, २४ कात्तिक। आज मंगलबार, २०८३ कात्तिक २४ गते देशभर गोवर्धन पूजा, गोरु पूजा तथा नेवार समुदायको म्हपूजा मनाइँदैछ। तिहारको चौथो दिनका रूपमा मनाइने यस पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व रहेको छ।

आज गाईको गोबरबाट गोवर्धन पर्वतको प्रतीक बनाई भगवान् श्रीकृष्णको पूजा गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीलाई वर्षा र प्राकृतिक प्रकोपबाट संरक्षण गरेको सम्झनामा यो पर्व मनाइन्छ।

कृषि कर्ममा महत्वपूर्ण योगदान पुर्‍याउने गोरुको पूजा गरी माला, टीका र मिठा परिकार खुवाउने चलन पनि छ। यसले कृषि संस्कृति र पशुप्रतिको सम्मान झल्काउँछ।

त्यसैगरी नेवार समुदायले म्हपूजा अर्थात् आफ्नै शरीरको पूजा गरी आत्मशुद्धि, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै नयाँ वर्ष नेपाल संवत् ११४७ को स्वागत गर्दैछन्।

यी पर्वले नेपाली मौलिक संस्कृति, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई थप मजबुत बनाउने विश्वास