चितवनको राप्तीमा बुलेरो जीप दुर्घटना २५ जना घाइते
चितवन । चितवनको राप्ती नगरपालिका–५ सिपडाँडास्थित भित्री सडक खण्डमा बुलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
शुक्रबार (२०८३ कार्तिक २० गते) दिउँसो करिब ४:३० बजे राप्ती नगरपालिका–५ भण्डाराबाट राप्ती नगरपालिका–११ थाकलटारतर्फ जाँदै गरेको बा.प्र.०१–०३५ च २८८६ नम्बरको बुलेरो जीप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खोल्सामा खसेको हो।
दुर्घटनामा जीपमा सवार २५ जना घाइते भएका छन्। दुर्घटनालगत्तै घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घाइतेहरूको अवस्था मध्यम रहेको बताइएको छ। घाइतेहरूको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरि कार्यलय का सुचना अधिकारिले बताउनु भयाे ।
