समाचार

चितवनको जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो भारतीय नागरिकको मृत्यु

Spread the love


चितवन, कात्तिक १९। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलबिरे लामो झरना खोलामा कार खस्दा एक भारतीय नागरिकको मृत्यु भएको छ।
प्रहरीका अनुसार २०८३ कात्तिक १८ गते दिउँसो करिब २ः३० बजे जलबिरे झरनाबाट फर्किने क्रममा WB 02 AP 3458 नम्बरको कार अनियन्त्रित भई झरनाको खोलामा खसेको थियो।
दुर्घटनामा घटनास्थलमै एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको साथबाट भारतको पश्चिम बंगालस्थित कालिम्पोङ निवासी ४१ वर्षीय SAYANTAN GAYEN नामको राहदानी फेला परेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त कारमा चालक एक जना मात्रै सवार रहेको खुलेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
जलबिरे झरना घुमेर फर्किने क्रममा भएको यस दुर्घटनाले पर्यटकीय क्षेत्रमा सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारिले बताउनु भयाे ।