देशमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी- प्रचन्ड
टिकाराम भन्डारि
राष्ट्रिय जागरण अभियानका क्रममा बोल्दै प्रचण्डले जनयुद्ध सुरु गर्दा आफूहरू ६० जना रहेको र पछि त्यो संख्या ६ हजार, ६ लाख हुँदै ६० लाख पुगेको दाबी गरे। यही राजनीतिक संघर्षले देशलाई गणतन्त्रसम्म पुर्याउन भूमिका खेलेको उनको भनाइ थियो।६० जनाबाट सुरु भएको जनयुद्धले देशलाई गणतन्त्रमा पुर्यायो ।
उनले आफ्नो पार्टी र इतिहासमा खेलेको भूमिकालाई कमजोर देखाउने प्रयास भइरहेको आरोप लगाउँदै आलोचनाबाट विचलित नभई लक्ष्यमा अघि बढ्ने बताए।
प्रचण्डले जनताका मुद्दा उठाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै देशमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबीसमेत गरे।
