श्रम संस्कृति पार्टीले बाढी पीडित कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा

Spread the love

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढीपीडितको राहतका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।बाढीपीडितका लागि श्रम संस्कृति पार्टीले १५ लाख रुपैयाँ दिने, हर्क साम्पाङको घोषणा गरेका छन् ।

साम्पाङले सामाजिक सञ्जालमार्फत पार्टीको तर्फबाट बाढीपीडित कोषमा उक्त रकम जम्मा गर्ने घोषणा गरेका हुन्।उनले पार्टीको तर्फबाट तत्काल १५ लाख रुपैयाँ सहयोग गर्ने र आगामी दिनमा राहत तथा साथ अभियानमार्फत थप सहयोग जुटाउने बताएका छन्।विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला राजनीतिक दल तथा विभिन्न व्यक्ति र संस्थाले राहत तथा उद्धार अभियानमा सहयोग घोषणा गरिरहेका छन्।साम्पाङले पार्टीलाई उद्धृत गर्दै लेखेका छन्, “हाम्रो कलिलो तर मलिलो श्रम संस्कृति पार्टीले बाढी पीडित कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गर्दछौँ।”