पार्टीभित्र विभाजन हुन नदिने प्रतिबद्धता
सुदन किरातीले आफू हर्क साम्पाङलाई अध्यक्ष तथा प्रमुख नेता स्वीकारेर दोस्रो भूमिकामा काम गर्न आएको बताएका छन्। उनले पार्टीभित्र विभाजन हुन नदिने प्रतिबद्धता जनाउँदै पुराना दलका आन्तरिक टकरावबाट पाठ सिक्नुपर्ने बताए। साथै, प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीको आलोचना गर्दै आगामी निर्वाचनमा श्रम संस्कृति पार्टीलाई नेतृत्वमा पुर्याउनुपर्ने धारणा राखे।
