युद्धविराम र शान्ति वार्ताको प्रयास भए पनि त्यसले स्थायी समाधान दिन किन सकेन ?
इरानी समाचार संस्था इर्नाका अनुसार इरानी सेना प्रमुख अमिर हातमीले ठूलो संख्यामा मानिसले आर्थिक सहयोगसम्बन्धी योजनामा सहभागी हुन इच्छा देखाएपछि यस्तो योजना ल्याइएको बताएका छन्।अमेरिका–इरान तनाव थप चर्किरहेका बेला इरानी सेनाले अमेरिकी सैनिकलाई मार्ने वा पक्राउ गरी बुझाउने व्यक्तिलाई ३० हजार अमेरिकी डलर इनाम दिने घोषणा गरेको छ। अझ रोचक कुरा, यस्तो कार्य गर्ने महिला भए इनाम दोब्बर दिने घोषणा गरिएको छ।
हातमीले अमेरिकी सैनिकलाई मार्ने वा पक्राउ गरी इरानी सेनालाई बुझाउने व्यक्तिले ३० हजार डलर अर्थात् करिब पाँच अर्ब तोमान बराबरको इनाम पाउने बताएका छन्। यस्तो कार्य गर्ने इरानी महिलाका लागि भने रकम दोब्बर हुने उनको भनाइ छ।तर इरानमा अमेरिकी स्थल सेना ठूलो संख्यामा तैनाथ रहेको कुनै जानकारी सार्वजनिक भएको छैन। अप्रिलमा एउटा अमेरिकी पाइलटलाई उद्धार गर्न छोटो अवधिको अमेरिकी सैन्य अभियान सञ्चालन भएको बताइएको छ।
इरानी सेनाले भने अमेरिकी सैनिकलाई कहाँ र कहिले निशाना बनाउने भन्नेबारे कुनै विवरण सार्वजनिक गरेको छैन।अमेरिका र इरानबीच लामो समयदेखि जारी सैन्य तनाव तथा पटक–पटकका आक्रमणबीच आएको यो घोषणाले मध्यपूर्वको युद्ध थप खतरनाक मोडतर्फ जान सक्ने संकेत गरेको छ।दुवै पक्षबीच युद्धविराम र शान्ति वार्ताको प्रयास भए पनि त्यसले स्थायी समाधान दिन सकेको छैन। अहिले पनि दक्षिणी इरान र हर्मुज जलमार्ग आसपास तनाव कायम रहेको बताइएको छ।
