माडी-भरतपुर सम्पर्क मन्चको आयोजनामा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न
माडी-भरतपुर सम्पर्क मन्चको आयोजनामा भित्तेपात्रो (क्यालेण्डर) बिमोचन कार्यक्रम सम्पन्न भयो उक्त कार्यक्रमको प्रमुख अतिथि माडी कल्याणपुर गा बि स का पूर्ब अध्यक्ष प्रेमराज तिमिल्सिनाको आतित्यथमा क्यालेण्डर बिमोचन गरिएको थियो । त्यस अवसरमा बिशिश्ठ अतिथि गणेश बहदुर गुरुङ, देबेन्द्र प्रसाद पौडेल, नारायण प्रसाद पौडेल, अतिथिहरू इश्वरी प्रसाद पौडेल, डोलराज ढकाल, इन्द्र प्रसाद तिवारी, शोभाखर चापागाई, शोभाखर भुसाल, अधिबक्ता बामदेव अधिकारी हुनुहुन्थ्यो भने मन्चका पदाधिकारी सदस्य लगायतको उपस्थिति माडी भरतपुरका महानुभावहरूको उपस्थिति रहेकोथियो । त्यस अवसरमा कार्यक्रममा स्वागत मन्तब्य र सस्थाको आगामी कार्यक्रमको बारेमा जानाकारी गराउनुभएको थियो । कार्यक्रम सन्चालन माडी भरतपुर सम्पर्क मन्चका सह सचिव श्री पूर्ण चन्द्र चापागाईले गर्नु भएको थियो । उक्त कार्यक्रम को अध्यक्षता माडी भरतपुर सम्पर्क मन्चका अध्यक्ष श्री बिश्णु कुमारी क्षेत्रीले गर्नुभएको थियो । यसै कार्यक्रमको शिलसिलामा माडी भरतपुर सम्पर्क मन्च माडीबासी र माडीबाट भरतपुरमा आइ स्थायी तथा अस्थायी बसोबास गर्ने जनसमुदायहरूको हरेक दुख सुखमा साथ दिने सस्थाको रुपमा रहन सक्ने माडी भरत्पुरबासीको ढुक्ढुकी हुन सके राम्रो हुन्थ्यो । खानेपानी लगायत पार्कदेखि लिएर जन सरोकारका बिशयमा जनसाधारण र जनप्रतिनिधिका साथमा रहन सक्ने गरी काम गर्ने वातावरण तयार गर्दै गरेको कुरा समेत सस्थाकी अध्यक्षले बताउनुभएको थियो ।