“चितवनको हकमा कांग्रेस माथि भएर गठबन्धन आवश्यक छ ” ने.का.का यूवा नेता एवं नेबिसंघका पूर्व उपाध्यक्ष राम प्रसाद अधिकारी

Spread the love

यूवा नेता भन्नुहुन्छ गठबन्धन आवश्यक छ तर चितवनको हकमा कांग्रेस माथि भएर गठबन्धन आवश्यक छ।ने.का.का यूवा नेता एवं नेबिसंघका पूर्व उपाध्यक्ष राम प्रसाद अधिकारीले ने.का. कमजोर छैन तर गठबन्धन आवश्यक छ। गठबन्धन नीतिगत रुपमा हुनुपर्दछ भन्नुहुन्छ। स्थानीय, प्रदेश र संघको एकैचोटी नीतिगत निर्णय गरेर जानुपर्दछ। एमाले कमजोर छैन हाम्रो लडाई एमालेसँग हो त्यसैले हामी सचेत भएर गठबन्धन गर्नु पर्दछ। चितवन जिल्लाको हकमा गत निर्वाचनमा हामीले माओवादीलाई सहयोग गर्‍यौं। यो चोटी ने.का माथि हुने र कांग्रेसलाई सहयोग गर्ने गरि गठबन्धन हुनु आवश्यक छ।

मेरो सवैलाई आग्रह छ उत्तेजनामा अाएर मिडियावाजीमा नजान साथीहरुलाई बिनम्र अनुरोध गर्दछु। अहिलेको अनावश्यक उत्तेजित मिडियावाजीले पार्टीलाई बलियो बनाउँदैन पार्टी भित्रको कुरा भित्रै बसेर छलफल बहस नगरि बाहिर ल्याएर जग हसाईं गर्नु कति उचित हो?? भन्दै प्रतिप्रश्न थियो।