सामाजिक सञ्जाल सामाजिक सञ्जाल विधेयक मानव अधिकार मैत्री बनाउन प्रदर्शन

Spread the love

सामाजिक सञ्जाल विधेयकमा भएका संविधान प्रदत्त मौलिक हक, प्रेस र अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान खारेज गर्न र सरोकारवालाहरुसँग व्यापक परामर्श गरि विधेयकलाई मानव अधिकार एवं प्रयोगकर्ता मैत्री बनाउन आग्रह गर्दै शान्ति समाजका जिल्ला शाखाहरुले प्रदर्शन प्रारम्भ गरेका छन् । यस क्रममा शान्ति समाज चितवन शाखाले २०८१ माघ २८ गते बिहान साढे ११ बजेदेखि मध्यान्ह् १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय चितवन अगाडि प्रदर्शन गरेको छ । प्रदर्शन पश्चात प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखिएको ज्ञापनपत्र चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणी शर्मा गौतमलाई हस्तान्तरण गरिएको थियो । प्रदर्शनमा केन्द्रीय वरिष्ठ उपसभापति राजेन्द्र पौडेल, केन्द्रीय सदस्य शम्भु राउत, चितवन शाखा सभापति पुर्णचन्द्र चपागाई, उपसभापति जीवन केसी, सचिव जयन्तीप्रसाद उपाध्याय, सह सचिव रुविसा कोइराला, सदस्य सुमी गौतम, कृति चौधरी, विश्वनाथ ढुंगाना , भोजरा चापागाई, अनिल ढकाल प्रेस युनियन चितवन शाखा अध्यक्ष डा कर्णवीर पौडेल, इश्वरी लौडारी, पत्रकार महा सङ्घ केन्द्रीय सदस्य/ पूर्ब सचिव सृजना अर्याल, अबिन ढकाल, कान्तिपुर सम्बाददाता रमेश पौडेल, हरि अधिकारी, केशबराज काफ्ले अधिकारकर्मी, जानकी क्षेत्री, ट्रेड युनियन काङ्ग्रेस अध्यक्ष हरिहर सापकोटा, डा याम बहादुर बि. के. ( मा. स .म .चितवन ), बिश्वनाथ ढुङ्गाना लगायत अधिकारकर्मीहरुको सहभागिता थियो ।
हालै चितवन र नवलपुरको आतिथ्यतामा भएको २७ औ रास्ट्रीय परिसद बैठकबाट रेनुका पौडेलको सभापतित्वमा नया कार्यसम्केन्द्रीय कार्यसमिति चयन गरी बिकासको अधिकार अहरणीय अधिकार, जलवायु सम्बन्धि न्याय लगयतका दर्जनौ प्रस्तावहरू पारित गरी मानव अधिकारको पक्षमा राज्यले काम गर्न सक्नु पर्छ भने बिश्व जगतमा जलवायु सम्बन्धि अतिक्रमण गर्ने र वातावरणलाई धुमिल पार्ने कार्य गरेका रास्ट्रहरूले गरीब तथा हरित रास्ट्रहरूलाई क्षतिपूर्ति स्वरुपको रकम समेत उपलब्ध गराउनु पर्छ भन्ने जस्ता प्रस्तबहरू उपर समग्र समाजमा बहस हुनुपर्छ भनी आफ्नो नेतृत्व लिदै आएको मानव अधिकार तथा शान्ति समाज नेपालले केन्द्रीय रुपमा छुट्टै र हरेक शाखाहरू मार्फत बिभिन्न अभियानहरू चलाउने प्रस्तब पारित गरे अनुरुप केन्द्रकै प्रत्यक्ष निर्देशन तथा शाखाको अगुवाईमा धर्ना तथा ज्ञापन पत्र पेश गर्ने कार्यक्रम रहेको कुरा शान्ति समाजका जिल्ला सभापति पूर्ण चन्द्र चापागाईले बताउनु भयो ।