असार १४ गते फाउन्डेसनले बृहत् रक्तदान कार्यक्रम गर्ने

Spread the love

गिरिजा प्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट भरतपुर महानगरले आउदो असार १४ गते बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।

पछिल्ला दिनहरुमा बढिरहेको रगतको अभावलाई केहि हदसम्म भएपनि कम गर्ने उदेश्यका साथ उक्त सस्थाले बृहत् रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।

असार १४ गते सस्थाले भरतपुर १० स्थित चौबिसकोठिमा उक्त कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा उमेर पुगेका र रगत दान गर्न मिल्ने सबैलाई सहभागिता जनाइ पुण्य प्राप्त गर्नुहुन पनि सस्थाले आम नागरिकहरु समक्ष अनुरोध गरेको छ । कार्यक्रममा झन्डै एक सय जनाले रक्तदान गर्ने अपेक्षा गरिएको छ ।