लागुऔषध सहित पाँच जना पक्राउ:
लागु औषध ओसार-पसार बिरुद्ध चलिरहेको अप्रेसनको क्रममा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा मिति २०७७।०३।०५ गते .२३:३० बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालीका वडा नं २ बिक्रम मार्ग स्थित सडकमा ना ४ प ४४३९ नं बोलेरो चेकजाँच गर्ने क्रममा उक्त बोलेरोमा सवार भ.म.न.पा. ४ बाह्रघरे बस्ने बर्ष २१ को अनुज भन्ने भुदत्त परियारले साथमा लुकाई छिपाई ल्याएको लागुऔषध PHENERGAN-2ml २५५ थान, NOOPHIN-2ml २५५ थान, र DIZEPAM-2ml २५५ थान फेला पारी निजसंगको सोधपुछको क्रममा उक्त लागुऔषध भ.म.न.पा. ३ नगरवन बस्ने बर्ष २२ को अविनाष बोटे, भ.म.न.पा. २१ बस्ने बर्ष २६ को आशिष थापा ऐ.ऐ. बस्ने बर्ष २२ कि कञ्चन उपरकोटी र जिल्ला नवलपरासी (वर्दघाट सुस्ता पुर्व) गैडाकोट न.पा. वडा नं. १६ बेल्डिया बस्ने बर्ष १९ कि बविता महतो समेतको संलग्नतामा कारोवारको लागि लिई आएको भनि खुलाएकाले निजहरु समेतलाई पक्राउ गरी सम्मनित चितवन जिल्ला अदालतबाट अनुमती लिई अनुसन्धान कार्य भैरहेको बताउनु भयाे ।
चितवन प्रहरी संगठित आपराधिक समूह र लागू पदार्थको कारोवार गर्ने आपराधिक समुह पक्राउ गरी कानुनको बमाेजिम कारवाहि गरिने बताउनु भयाे ।
लागु पदार्थको तस्करी ओसारपसार वा अन्य आपराधिक गतिविधिको जानकारी जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमको caller ID नभएको फोन नंबर ०५६५२०१५५ मा आफ्नो परिचय गाेप्य रहने जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले बताउनु भयाे ।