असार १४ गते फाउन्डेसनले बृहत् रक्तदान कार्यक्रम गर्ने
गिरिजा प्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट भरतपुर महानगरले आउदो असार १४ गते बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।
पछिल्ला दिनहरुमा बढिरहेको रगतको अभावलाई केहि हदसम्म भएपनि कम गर्ने उदेश्यका साथ उक्त सस्थाले बृहत् रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।
रगतको अभावमा अकालमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको सस्थाका अध्यक्ष नेत्र नारायण आचार्यले जानकारी दिनुभयाे ।
असार १४ गते सस्थाले भरतपुर १० स्थित चौबिसकोठिमा उक्त कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रममा उमेर पुगेका र रगत दान गर्न मिल्ने सबैलाई सहभागिता जनाइ पुण्य प्राप्त गर्नुहुन पनि सस्थाले आम नागरिकहरु समक्ष अनुरोध गरेको छ । कार्यक्रममा झन्डै एक सय जनाले रक्तदान गर्ने अपेक्षा गरिएको छ ।