उम्मेदवार नबनी ईश्वरलाई नै समर्थन गर्नसक्ने

Spread the love

पुर्णचन्द्र चापागाई

महिना दिनअघिनै फेरि आफू नै एमालेको अध्यक्ष बन्ने घोषणा गरेका केपी शर्मा ओली महाधिवेशनको मुखमै एकाएक ईश्वर पोखरेलसँग चुनाव लड्न ब्याक हुने संकेत गरेका छन् । आफ्नो विकल्प कोही भएकाले गर्दा फेरि आफू नै अध्यक्ष बन्ने अनौपचारिक घोषणा गरेका ओलीले एक अन्तर्वार्तामा अहिले आफूले एमालेको अध्यक्षका लागि उम्मेदवारी दिनेबारे नसोचिसकेको बताएका छन् । आफू नै अध्यक्ष हुन्छु कि हुन्न भन्ने अन्तिम टुङ्गो नलागिसकेको पनि बताएका छन् । उम्मेदवारी दिने बेलामा आफूले अरु कसैलाई अगाडि सार्न सक्ने समेत बताएका छन् । अथवा पार्टीका नेताहरुले आफूलाई नै अध्यक्ष हुनुपर्छ भन्ने हुन कि भन्ने निर्णय भइनसकेकोले गर्दा निर्णायक छलफल गर्नुपर्ने ओलीले कान्तिपुरसँगको अन्तवार्तामा बताएका छन् ।

महाधिवेशन प्रतिनिधि छनोटमा समेत विभिन्न ठाउँमा नेताहरुले विद्रोह गर्दै ईश्वर पोखरेल पक्षमा गएपछि ओली नराम्रोसँग झस्किएका छन् । महाधिवेशनमा नेतृत्व परिवर्तनको एजेण्डासहित आफूलाई एमालेको अध्यक्षको उम्मेदवार घोषणा गरिसकेका ईश्वर पोखरेलले टक्कर प्रतिष्पर्धा दिने संकेत पाएपछि ओलीले आफू हार्ने महाधिवेशनमा अध्यक्षको उम्मेदवार नबन्ने योजना बनाएका छन् । जेनजी आन्दोलनपछि आफ्नो लोकप्रियता पार्टीभित्र समेत घटेको बुझेका ओलीले महाधिवेशनमा प्रतिनिधिले आफूलाई हराएर दण्डित गर्न सक्ने विश्लेषण गरेपछि अहिले नै उम्मेदवार घोषणा नगरेको एमाले कै नेताहरुले बताउँन थालेका छन् ।