समाचार

सदाब्रतको रुपमा भोजनगरि सम्पन्न

Spread the love

भरतपुर -२७ निवासी पबित्रा के सी र दल बहादुर के सी का सुपुत्र इश्वर के सी को शुभ जन्मदिनको पवन उपलक्ष्यमा सोमबारका दिन हाल जापान बस्नुहुने इश्वर के सी को जन्मदिनको सु अवसर पारी रोटरी करुणालय बृद्दाश्रम तथा थाहा सदाब्रतको देबघाटधामको माध्ययमबाट बृद्दाश्रममा स्थायी रुपमा बस्नुहुने ४० जना जेश्ठ नागरिक बुबा आमा तथा यत्रतत्र घुमफिर गर्दै भोजनको लागि आउनु हुने ब्यक्तित्वहरू ८५ जना गरी आजको दिनमा बेलुकामा १२५ जनाले भोजन गर्नु भएको कुरा रोटरी बृद्दाश्रमका ब्यबस्थापक चितवन जिल्ला भरतपुर -१ घर बताउनुहुने कृश्ण आचार्यले बताउनुभयो । यो सदाब्रत २०५७ सालदेखि स्थापना भएर मिति २०६६ सालदेखि जेश्ठ नागरिक बुबा आमाहरूलाई सदाब्रतको रुपमा भोजन गराउदै गरेको र देबघाटधाम क्षेत्रमा कोहि पनि बृद्द बृद्द्दा असहायले भोकै बस्न नपरोस भनेर चलाइएको यस सदाब्रतमा जो कोहि पनि भोको पेट लिएर आएमा भोकै फिर्ता जान नपर्ने कुरा समेत उहाले बताउनुभयो ।
हाल यस रोटरी क्लबबाट राखिएको खाना ब्यबस्थापनमा सदा खाना वापतको रू ७५००/-, बिशेश खाना वापतको रू १०,०००/- र अति बिशिश्ठ खाना वापतको रू १५,०००/- दाताहरूबाट आफ्नो खुशिले सहभागि हुन सकिने र त्यसको सम्पूर्ण ब्यबस्थापन सस्थाले गर्दै आएको कुरा समेत उहाले बताउनु भयो । यहा जो कोहि पनि आएर सेवा गर्न वा सेवा लिन समेत सकिने कुराको जानाकारी समेत दिनु भयो ।यस्तो महान पुण्य कार्यमा सरिक भैइ छोराको जन्मदिन मनाउन पाउदा पित्रीको उद्दार हुने आफ्नो आत्म सम्मान हुने भोको पेट लिएर आउने तथा त्याहा बस्नु हुने जेश्ठ नागरिक बुबा आमाको एकछकबाट भए पनि सहयोगमा सरिक भैइ खुशि बाड्न पाउदा साह्रै आनन्दित भएको कुरा इश्वर के सी को आमा पबित्रा के सी ले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *