लायन्स क्लब इन्टनेशनल ३२५ आर लायन्स क्लब क्लस्टर नम्बर ५ द्वारा मेघा हेल्थ क्याम्प सम्पन्न

Spread the love

पुर्णचन्द्र चापागाई

नेपाल रास्ट्रिय आधारभुत विद्यालयको स्वर्ण महोत्सवको अवसर पारी कुढौली लायन्सग्राममा रहेको उक्त कुढौली नेपाल रास्ट्रिय आधारभुत विद्यालयमा स्वास्थ्य परीक्षण निशुल्क आँखा जाँच शिविर निशुल्क औषधी वितरण समेतका स्वास्थ्य सम्बन्धी कार्यक्रम गरिएको थियो। मेघा स्वास्थ्य क्याम्पबाट जम्मा ६६६ जना बिरामीहरुले स्वास्थ जाँच गरी लाभ पुगेकाे बताउनु भयो।लायन्स क्लब अन्तरराट्रिय डिस्ट्रक्ट ३२५ आर नेपाल क्लस्टर ५ का क्लबहरुको सयोजन तथा आयोजनामा मौलाकालिका अस्पताल प्रा लि कावसोती नगरपालिका वडा न ११ वडा कार्यालय नेपाल राष्ट्रिय आधारभूरत विद्यालय कुढौलीको सहकार्यमा भएको थियो भने सो कार्यक्रममा वरिष्ठ विशेषज्ञ डाक्टरहरुबाट मुटुरोग विशेषज्ञ जाँच वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञबाट रोग परिक्षण वरिष्ठ जिसियनबाट जाँच वरिष्ठ बालरोग विशेषज्ञबा रोग परिक्षण वरिष्ठ हाड जोर्नी तथा नसारोगष विशेषज्ञबाट जाँच वरिष्ठ नाक कान घाँटी विशेषज्ञबाट जाँच आँखा जाँच सेवा भिडियो एक्स रे इ सि जि सुगर रोग परीक्षण परीक्षण निशुल्क औषधि वितरण गरिएकाे बताउनु भयाे । क्लब अध्यक्ष पदाधिकारीहरु औसधि सहयाेग गर्नुहुने विभिन्न कम्पनीका प्रतिनिधीहरु कावासोती नगरपालिका वडा न ११ का वडाअध्यक्ष स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो। उक्त कार्यक्रममा स्थानीय विद्यालय प्रशासन लायन्स लिडरहरु काे सहयोगले कार्यक्रम सम्पन्न भएको कुरा रिजन चेयर पर्सन प्रकाश सुवेदीले बताउनु भयाे ।