व्यवसायीहरुसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न
सरस्वति गाैतम
जिल्ला प्रहरी कार्यालय मकवानपुरको सभाहलमा हेटौडा बजार स्थितमा रहेका ग्यारेज, वर्कसप, मोटर पार्टस सप, कवाडी संकलन केन्द्रका संचालक तथा कामदारहरु लगायत १२० जनाको उपस्थितीमा वर्तमान अवस्थामा शान्ती सुरक्षाको अवस्था, चुनौती एंव व्यवसायीहरुको तर्फबाट अपनाउनु पर्ने साबधानी एंव जिम्मेबारीहरुको बिषयमा अन्तर्क्रिया गर्नुको साथै सडक डिभिजन कार्यालय मकवानपुरले शुरु गर्न लागेको हेटौडा बजार क्षेत्रको सडक बिस्तारको कार्यमा सम्बन्धित व्यवसायीहरुको राय सुझाव लिदै सुरक्षाको क्षेत्रहरुमा आवश्यक सहकार्य गर्दै अधि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । व्यवसायीहरुबाट सुरक्षा सम्बन्धी उठेका समसामायिक प्रश्नहरुको बिषयमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराले सम्बोधन गर्दै कुनै पनि लोभ लालच अपबाह लहलहैमा र कसैले उचालेको भरमा गलत क्रियाकलाप प्रति नलाग्न सचेत र सजक भई शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका सवालहरुमा सहयोगी भुमिका निर्वाह गर्नको लागी अनुरोध समेत गर्नु भएको मकानपुरका सुचना अधिकारिले बताउनु भयाे ।
