उधाेगहरूकाे बिजुली लाइन काट्न सुरू
डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल विवादमा विद्युत प्राधिकरणले बिजुलीको लाइन काट्न सुरू गरेपछि सयौंलाई रोजगारी दिइरहेका र करोडौं रूपैयाँ राजस्व तिरिरहेका देशकै प्रमुख उद्योगहरू बन्द भएका छन् ।
पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले गत साता शुक्रबारबाट लाइन काटिएपछि भैरहवा प्लान्टका सबै उद्योग बन्द भएको जानकारी दिए।
‘हाम्रा धेरै कामदार र कर्मचारी कारखाना परिसरभित्र क्वार्टरमा बस्ने भएकाले उनीहरूको व्यक्तिगत प्रयोजन र अफिसको बत्ती बाल्न जेनेरेटर चलाइरहेका छौं,’ श्रेष्ठले भने, ‘नियमित ग्राहकका लागि प्लास्टिक उत्पादनको सानो युनिट चलिरहेको छ। त्यसबाहेक भैरहवा प्लान्टभित्र रहेका अरू सबै उद्योग हामीले बन्द गरेका छौं।’
अर्घाखाँची सिमेन्टका अध्यक्ष पशुपति मुरारकाले पनि आफ्नो उद्योगको उत्पादन बन्द भएको जानकारी दिए
