जात वर्ग क्षेत्र वा विचारले विभाजित नेपाली समाजलाई एउटै राष्ट्रिय सूत्रमा बाँध्न सक्ने
काठमाडौँ – राप्रपा नेतृ खुस्बु ओलीले जात, वर्ग, क्षेत्र वा विचारले विभाजित नेपाली समाजलाई एउटै राष्ट्रिय सूत्रमा बाँध्न सक्ने एकमात्र शक्ति राजसंस्था भएको बताएकी छन्। उनले यो विचार सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार सार्वजनिक गरेकी हुन्।ओलीले राष्ट्रिय एकता कायम राख्न ऐतिहासिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै हालको परिस्थितिमा राजसंस्थाबारे पुनः बहस आवश्यक भएको पनि औँल्याइन्।त्यसै दिन, केही महिना झापामा बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किएका थिए। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवासतर्फ जाँदै गर्दा हजारौँ राजावादीहरूले स्वागत गरे। समर्थकहरूले राजसंस्था पुनर्स्थापनाको माग गर्दै नाराबाजी गरेका थिए।शाह झापाबाट कैलाश हेलिकोप्टर सर्भिसेसको हेलिकोप्टरमार्फत काठमाडौं आएका थिए। विमानस्थलदेखि गौशाला, चाबहिल र महाराजगन्जसम्म फैलिएको र्यालीका कारण ट्राफिक व्यवस्थापनमा प्रभाव परेको प्रहरीले जनाएको छ।
