वाद्यवादन तालिम उद्घाटन सम्पन्न
भरतपुर महानगरपालिका वार्ड नम्बर २२ को आयोजनामा वार्ड नम्बर २२ भित्र बसोबास गर्ने नागरिकलाई १ महिनाको मादल बजाउने तालिम वार्ड नम्बर २२का वार्ड अध्यक्ष बिण्णुराज महताेको प्रुमुख आतिथ्यमा उदघाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विशिस्ट अतिथि भरतपुर महानगर पालिका वार्ड नम्बर २२ का वडा सदस्य कार्यक्रमका सयाेजक मैनादेबि आचार्य बराल , विशिस्ट अतिथि भरतपुर महानगरपालिका कार्यपालिका सदस्य बिना नेपाली, विशिष्ट सदस्य भरतपुर महानगर पालिका वडा नं २२ का वडा सदस्य दिपक पाैडेल, विशिष्ट अतिथि भरतपुर महानगरपालिका२२का वडा सदस्य सुर्य बहादुर गुरूङ्ग, वडा सचिव नवराज खनाल, हैतैषि सिपमुलक तालिम केन्द्रका प्रमुख देवराज थपलिया , स्वस्ति रेग्मी, प्रशिक्षक नारायण प्रसाद बर्ताैला लगायत४० जना तालिममा सहभागी प्रशिक्षार्थीहरुको उपस्थिति थियो । तालिमका सहभागीहरुलाई सम्बोधन गर्नुहुदै वडा सदस्य मैनादेबि आचार्यले संस्कृती , परम्पराको सम्बर्धनका लागि वाद्यवादन (मादल) बजाउने तालिम अत्यन्तै महत्वपुर्ण भएको बताउनुभयो । भरतपुर महानगर नगरकार्यपालिका सदस्य बिना नेपालिले , विवाह , ब्रतवन्ध लगाएत विभिन्न पर्वहरुमा समेत भजन ,कृतन ,लोक गीतको लागी मादलको आवश्यकता महसुस भएकोले टोल विकास संस्थाको मागको आधारमा यस तालिम दिइएको बताउनुभयो। वडा सदस्य दिपक पाैडेल ,वडा सदस्य सुर्य बहादुर गुरूङ्गले सबै सहभागिलाई शुभकामना दिनुहुदै तालिम सिकि ब्यवहारमा लागू गर्न अनुराेध गर्नु भयाे । प्रमुख अतिथि वडा अध्यक्ष विष्णुराज महताे ज्युले ले वडा वासीको लागि शिक्षा , स्वास्थ्य , सडक ,सडक बत्ति/नाला , गरिब विपन्नको लागी छात्रबृद्दिका लागि यस वडाले धेरै कार्य गरिएको बताउनु भयो। वहाँले वार्ड नम्बर २२ का हरेक नागरिकलाई आफ्नो संस्कृति तथा परम्परालाई संरक्षण तथा सम्वर्धनको लागि यो तालिमको आयोजना गरेको बताउनुभयो । सबै सहभागीहरुलाई अत्यन्त जागरुक भइ तालिम सिकेर व्यवहारमा लागु गर्न अनुरोध गर्नुभयो । भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महतोको अध्यक्षतामा उदघाटन कार्यक्रम सम्पन्न गरिएको थियो ।
