निजामती सेवा सेवाग्राही मैत्री हुनुपर्छ – मुख्य सचिव अर्याल

Spread the love

सुदिप पा्ख्रेल

२१ औँ निजामती सेवा दिवसको अवसरमा कार्यक्रममा बोल्दै उनले निजामती प्रशासनको विगत मा कायम गरिमालाई जोगाउन हाम्रा सामु विभिन्न चुनौतीहरू खडा भएको उल्लेख गरे । उनले बदलिँदो विश्व परिवेशसँग नेपालको शासन व्यवस्था नयाँ आयामलाई संशोधन गर्न निजावती सेवा प्रविधि मैत्री सृजनशील सेवाग्राही मैत्री हुन आग्रह गर्नुभयो । उनले सार्वजनिक प्रशासनलाई निष्पक्ष सक्षम दूरदर्शी भ्रष्टाचार मुक्त उत्तर दाईत्त्व र सहभागितामूल बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधा जनताको समान र सहज सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने कार्यमा निजामती सेवाको प्रमुख भूमिका हुन्छ भन्नुभयो। आफ्नो कर्तव्य र जिम्मेवारीमा उच्च मनोबलका साथ सकारात्मक सोच राखी जनताको सेवामा लाग्न सम्पूर्ण कर्मचारीलाई निर्देशन दिनुभयो।