तीज पर्व र ऋषि पञ्चमी महत्व
तीज पर्व विशेषगरी हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिन तीज मनाइन्छ । भाद्र द्वितीय दिन दर खाने र अर्को दिन तीजको व्रत बस्ने चलन छ। भाद्र चौथीको दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ। तीजको तेस्रो दिन अर्थात् ऋषि पञ्चमीका दिन बर्तालु महिलाहरूले ३६५ वटा दतिवन लेपनले छालामा हुने एलर्जी हटाउँछ भन्ने चलन छ। पञ्चमीका दिन कश्यप , भारद्वाज ,विश्वमित्र ,अत्रि, गौतम, जमदग्री ,वशिष्ठ,ऋषिकाे पूजा गरी हलोले नजितेको अन्नको भात र एक सुइरे भएर उम्रिने कर्कलो आदि तरकारी खाने प्रचलन रहेको छ। धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नो छोरी पार्वतीको कन्या दान भगवान विष्णु सँग गरिदिने वचन दिएका र पार्वतीले मनैदेखि भगवान शिव लाई वरण गरेकी उनका पिता हिमालय ले छोरीको विवाह विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको बरु शिवलाई पाहुन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् पार्वतीले पानी नपिकन कठोर निराहार तपस्या गरेको तपस्याको प्रभावले शिवजीको आसन हल्लिन पुग्यो। पार्वतीको कठोर तपस्याको कारण शिवजी प्रकट भई तथास्तु भनी वरदान दिएपछि शिव पार्वती विवाह हुन पुग्यो। संकटको घडीमा धैर्यताको ले मात्र सबै कुरा सम्भव छ भन्ने बताउँछ। तीज र ऋषि पञ्चमी दुवैलाई तीज पर्वकै रूपमा मानिन्छ ।नेपाली हिन्दू महिला हरूद्वारा स्वतन्त्र आनन्द मय रूपमा मनाइन्छ ।