जब चुनाव आउछ

Spread the love

जब चुनाव आउछ
बाघले भन्छ –
पाठी जोगाउने भए
भोट मलाई दिनोस !

पहिरोले भन्छ –
घर जोगाउने भए
भोट मलाई दिनोस
भुकम्पले भन्छ –
शहर जोगाउने भए
भोट मलाई दिनोस !

भ्रष्टाचारीले भन्छ –
नोट जोगाउने भए
भोट मलाई दिनोस !
बलात्कारेले भन्छ –
छोरी बुहारी जोगाउने भए
भोट मलाई दिनोस !

सम्सदमा डढेलो लाउनेले भन्छ –
ब्यबस्था जोगाउने भए
भोट मलाई दिनोस !
“राश्टृय – उता” जोगाउनेले भन्छ –
“राश्ट्री – यता” जोगाउने भए
भोट मलाई दिनोस !
हामी पत्याउछौ र
भोट तिनैलाई दिन्छौं !!

                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *