तीजको अवसरमा भड्किलो कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय चितवनको अनुरोध

Spread the love

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ द्वारा निकालिएको प्रेसबिज्ञप्तिबाट सूचना जारी गरी नेपाली महिलाहरूको महान चाड हरितालिका तिज नजिकै आइरहेको अबस्थामा बिगत केही बर्ष यता तिज मनाउने नाममा विभिन्न खालका तडकभडक सहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने गरेकोमा बिगत केहि बर्ष देखि जिल्ला प्रशासन कार्यालयले त्यस्ता भड्किला कार्यक्रम नगर्न नगराउन सूचना जारी गरेपछि यस्ता क्रियाकलापहरूमा कमी आएको पाइएको जनाएको छ ।
यस्ता धार्मिक, सामाजिक तथा सास्कृतिक पर्वहरू मनाउने सम्बन्धमा सामाजिक व्यबहार (सुधार) ऐन र नियमावली २०३३ ले ब्यबस्थित र नियमित गरेको छ । तसर्थ आफ्नो परम्परा, सामाजिक रिति रिवाजलाई निरन्तरता दिने तथा सम्बर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा तिजसङ्ग सम्बन्धित महङ्गा कार्यक्रम सन्चालन नगर्न नगराउनु हुन सम्पूर्ण जिल्लावासीहरूमा अनुरोध गरिएको छ ।सुसस्कार कायम गर्ने जिला प्रशासन र सरकारको कार्यमा राजनीति दल, नागरिक समाज, पेशागत संघ सस्थाहरू, सञ्चारकर्मीहरू र महिला संजाल तथा सम्पूर्ण जिल्लावासीहरूबाट सहयोगको अपेक्षा गरिएको छ भनिएको छ । ऎन नियमको बिपरित हुने गरी कोही कसैले अनावश्यक भड्किलो रुपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी तिज कार्यक्रमहरू गरे गराएमा कानून बमोजिम कारबाही हुने ब्यहोराको सूचना प्रेषित गरिएको छ ।
जिल्ला प्रशासन र सरकारले तोकेका नियमहरूको पालना गर्नु सम्पूर्ण जिल्लाबासीहरूको दायित्व हुन आउँछ । सभ्य समाज निर्माण गर्न सबैले आ आफ्नो तर्फबाट जिम्मेवारी बहन गर्नु नै एक जिम्मेवार नागरिकको दायित्व हुन आउछ तबमात्र सबैले खोजेको र सोचेको समाज निर्माण हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *