चाडबाडको चहलपहल संगै चोरीको बिगबिगी बढ्यो
भरतपुर -१४ शिबनगर, शिबनगर टोल बिकास सस्थामा घर भई स्याण्डविच होम सोलुसन प्रा. लि. मा काम गर्ने पूर्ण बहादुर भुजेलको घरमा आज दिउसो ०१:०० बजेतिर चोरी भएको छ ।
चोरीको बिस्तृत जानकारीको लागि अनुसन्धान कार्य जारी रहेको छ । घर धनी पूर्ण बहादुर भुजेलका अनुसार घरको मूल ढोका कहिल्यै पनि चाबी नलगाउन्र गरेको भित्री ढिका र दाराजको चाबी लागाइए पनि उक्त चाबी फुटाई दराजमा भएका सिक्री, माइली तिलहरी, बाला, चन्द्रमा र रू १०,०००/- (दस हजार रुपैयाँ) चोरी भएको कुरा जानकारी गराउनु भयो । पूर्ण बहादुर भुजेल काममा गएको, श्रीमती नजिकैको शिबनगर बजार जानुभएको र छोरा पनि साथीसँग खेल्न गएको मौका पारी चोरी भएको कुरा जानकारी गराउनु भयो ।
श्रीमती घरमा आउँदा थाहा पाई हारगुहार गरि छिमेकी तथा शिबनगर बजारमा रह्र्को प्रहरी चौकीमा खबर गरि बोलाई हवल्दार राजन प्रजा समेतको टोलीले मुचुल्का उठाई अनुसन्धानको लागि आफूभन्दा माथिल्लो निकाय गीतनगर चौकीमा जानकारी गरेको बताउनुभयो । उहाँको अनुसार हाल अनुसन्धान भई रहेको शंकास्पद ब्यक्ति अनुमान गर्न नसकिएको अबस्थामा केही समय अनुसन्धानमा लाग्न सक्ने बताउनुभयो त्यस्तै घर मूल ढोकामा ताला चाबी समेत लगाउने नगरेकोले चोरी गर्न अझै बढी सहज रहेको बताउनुभयो ।
त्यस्तै गीतानगर प्रहरी पोश्टका प्रहरी इन्स्पेक्टर नानि काजि थापा लाई सम्पर्क गर्दा अनुसन्धानको लागि चोरी बारदात भएको ठाउँमा जाँदै गरेको अनुसन्धान पछि नै बाकी कुरा भन्न सकिने बताउनुभयो । त्यस्तै यस्ता खालका चोरी कद्या प्रकारका मानिसले गर्न सक्छन भन्ने प्रश्नमा उहाँले भन्नुभयो घरभितत्रकैमान्छेहरू, घर नजिकका मान्छेहरू, आम्दानी कम भएकाहरू, दुर्ब्यसनीमा फसेकाहरू, साथीभाइको नातामा आउनेहरू, छिमेकी तथा घरको बारेमा जानकारी राख्नेहरूले यस्ता खालका चोरीहरू गर्ने गरेको पाइन्छ ।
प्रायजसो रातमा कुखुरा, खसी, धान, निर्माण सामग्री चोरी गर्ने गरेकोमा हाल आएर दिउसोमा पनि चोरी बढीरहेकोछ । चाडबाड पनि आइ रहेका छन् सबैजना आफ्नो बारेमा सतर्क हुनुपर्छ प्रहरीले आफ्नो काम गरीरहेको हुन्छ तर पनि घरमा राम्रो सुरक्षा प्रणाली अपनाउन अनुरोध गर्नुहुन्छ र यदी आफू र घरका सदस्य घर बाहिर हुँदा छिमेकी प्रहरी र आफ्नो नजिकका मानिसलाई घर तथा आफ्ना समानको बिशेष निगरानी राख्न अनुरोध गर्नु राम्रो हुन्छ ।