चितवन चनौलीमा शीत भण्डार कृषकको आशाको केन्द्र बन्दै
चितवन भरतपुर महानगरपालिका वडा नम्बर १८ चनौलीमा स्थानीय व्यावसायी , समाजसेवी, तथा समाज सुधरकहरूको समूहले चनौली शीत भण्डारको मिति २०६९ साल असार २१ गतेबाट स्थापना गरि हाल संचालनमा ल्याउनुभएको छ ।
जसको २०७९ साल असार मसान्तसम्म कूल शेयरमूल्य ८ करोड ८५ लाख ७५ हजार ५१० रूपैयाँ रहेको छ । यसका शेयर सदस्य १ हजार ३२ जना रहेकाछन । यश शीत भण्डारमा लागानीकर्ताहरू नेपाल सरकारका संघीय तथा प्रदेश मन्त्री, माननीय, सचिब, सह- सचिब, ख्यातिप्राप्त डाक्टर, प्राबिधिक तथा ईन्जिनियर, प्राध्यापक, हाइड्रोपावर लागानीकर्ता, ब्यापारी, ब्यबसायी, समाजका अगुवा, समाजसेवीदेखी लिएर किसान दाजुभाइ दिदीबहिनीहरूसम्मकै लगानी रहेको कुरा यसै सस्थाका संचालक समिति अध्यक्ष श्री सुर्यमणी पौडेलले जानकारी दिनुभयो ।
योजना
यस शीतभण्डारलाई नेपालकै नमूना शीत भण्डार तथा कृषि हबको रुपमा बिकास गर्ने, माइनस तापक्रममा भण्डारण तथा ब्यबस्थापन गर्नसक्ने, फ्रोजनजन्य पदार्थहरू राख्ने, दुध लगायतका परिकारहरू राख्न सक्ने भन्ने योजना रहेको छ । त्यसको लागि हाल दुई वटा च्याम्बर चलेको छ भने यसलाई गुणस्तर सुधार गरेर च्याम्बरहरू थप गरि सो च्याम्बरहरूलाई एक आपसमा छुट्ट्याई छोटो समयमा प्रयोगमा आउने सामानहरूलाई छुट्टै च्याम्बरमा राख्ने र लामो समयमा प्रयोगमा आउने समानहरूलाई छुट्टै राख्ने गरिनेछ ।
६ कठ्ठा १७ धुरमा सस्थको आफ्नै जग्गामा आफ्नै भवन बनाई त्यस मध्ये शीत भण्डार, प्राबिधिक कक्ष , प्रशासन कक्ष, पार्किङ लगायतका भवन र ठाउँ रहेका छन । शीत भण्डारको क्षमता २५ सय मेटृक टन सम्म रहेको छ । यसमा भण्डारणका लागि लगानीकर्ता तथा नजिकका किसानहरूको लागि विशेष ग्राह्यता दिएको छ भने अहिले देशभरबाट पूर्बी तराई रौतहट, बारा, पर्सा, पश्चिम गुल्मी, बुटवल, धादिङ, नुवाकोट लागायतका ठाउहरूबाट भण्डारणको लागि ल्याउने गरिएको छ । सरकारी सहयोग
भूमी ब्यबस्था सहकारी तथा कृषि मन्त्रालय बाग्मती प्रदेश सरकारबाट ५ करोड ८१ लाख ४८ हजार ७४९ रुपैया, भरतपुर महानगरपालिकाबाट ४ लाख ८२ हजार १६३ रुपैयाँ बराबरको भवनको नक्सा पासको लागत सौजन्य गरिएको हो भने संघीय नेपाल सरकार उर्जा मन्त्रालयको बिद्धुत प्राधिकरणबाट लाग्ने सबै महसुसमा ५० प्रतिशत छुट र बाकी २०० KVA को ट्रान्सर्फमरबाट main switch सम्मको जडान र यसमा लाग्ने तारपोल सहितको २७ लाख बराबरको लागत समेत उर्जा मन्त्रालयबाट सौजन्य प्राप्त भयो
सरकारी सहयोग
भूमी ब्यबस्था सहकारी तथा कृषि मन्त्रालय बाग्मती प्रदेश सरकारबाट ५ करोड ८१ लाख ४८ हजार ७४९ रुपैया, भरतपुर महानगरपालिकाबाट ४ लाख ८२ हजार १६३ रुपैयाँ बराबरको भवनको नक्सा पासको लागत सौजन्य गरिएको हो भने संघीय नेपाल सरकार उर्जा मन्त्रालयको बिद्धुत प्राधिकरणबाट लाग्ने सबै महसुसमा ५० प्रतिशत छुट र बाकी २०० KVA को ट्रान्सर्फमरबाट main switch सम्मको जडान र यसमा लाग्ने तारपोल सहितको २७ लाख बराबरको लागत समेत उर्जा मन्त्रालयबाट सौजन्य प्राप्त भयो ।
मूल उदेश्य
जो जसको साथमा दुई चार पैसा छ उहाँहरूले लगानी गर्ने पैसा भएका वा नभएका जो कोहीले पनि सबैजना मिली उत्पादन कार्यमा जोडिने, कृषि मैत्री प्रबिधिको बिकास गरि किसानको उत्पादनको लागत मूल्यमा नाफा जोडेर बिक्रीवितरणको ब्यबस्था मिलाउने यी कार्य गर्नका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारसङ्ग सहकार्य गरि उत्पादन मूलक कार्यमा जोड दिने ।
लगानी गर्ने सुनिश्चितताको वातावरणमा सधैं संचालक समिति जिम्मेवार भई व्यावसायिक कारोबारलाई अगाडि बढाउने । यस शीत भण्डारका अध्यक्ष श्री सुर्यमणि पौडेल बेलायतबाट एम. बि. ए. गरि बिदेशमा भएको बिकास र समृद्धिलाई नजिकैबाट नियाल्नु भएको, अनुभवी, कर्मठ, योग्य नेतृत्वकर्ता हुनुकै परिणाम उहाको नेतृत्वबाट शीत भण्डारको चौतर्फी बिकासमा फट्को मार्न सफल भएको छ । उहाँको ब्याक्तित्व तथा कामप्रतिको जबाफदेहिताले नै उहाँको नेतृत्व पश्चात् शीत भण्डारको बिकास र बिस्तारमा बिशेष योगदान पुगेको छ । त्यसैगरी देशको नेतृत्व छान्दा पनि आर्थिक रुपमा निश्कलङ्क, सामाजिक रुपमा निश्पक्ष, ब्यबहारिक रुपमा कर्मठ तथा निडर, देश र समाजप्रति जबाफदेहीपूर्ण भएमा मात्र समाजर देशको पनि चौतर्फी बिकास र समृद्धिको आशा राख्न सकिन्छ ।
शीत भण्डार निर्माण
यो शीत भण्डार निर्माणका लागि स्याण्डविच होम सोलुसन प्रा. लि. बाट उत्पादित स्याण्डविच पफ प्यानलको प्रयोग गरि आधुनिक प्रबिधिबाट निर्मित सामानले यसको निर्माण गर्नुपर्ने हुन्छ । यसको निर्माण पनि स्यण्डविच होम सोलुसन प्रा. लि. र यसै प्रा. लि. का प्राबिधिकहरूको सीधा निरिक्षणमा भएको हो भनी सस्थाका अध्यक्ष श्री सुर्यमणी पौडेलले बताउनुभयो ।