तीन जनालाई जिम्मेवार ठहर गर्दै कारबाही गर्न सिफारिस
जेनजी आन्दोलन मा भएको दमनका घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित तीन जनालाई जिम्मेवार ठहर गर्दै कारबाही गर्न सिफारिस गरिएको छ।कार्की आयोग (पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्व) ले तयार पारेको प्रतिवेदनमा तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङ लाई पनि कारबाहीको सिफारिस गरिएको स्रोतले जनाएको छ।आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग गरेको आरोपमा काठमाडौंका तत्कालीन प्रहरी प्रमुख विश्व अधिकारी, काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाल लगायत प्रहरी अधिकारीमाथि समेत कारबाही सिफारिस भएको बताइएको छ। केही प्रहरीलाई बर्खास्त गर्ने प्रस्तावसमेत रहेको स्रोतको दाबी छ।प्रतिवेदनमा २४ भदौमा सरकारी सम्पत्तिमा आगजनी गर्ने व्यक्तिहरूमाथि फौजदारी कसुरअन्तर्गत कारबाही गर्नुपर्ने उल्लेख छ।प्रधानमन्त्री सुशीला कार्की ले प्रतिवेदन छिट्टै मन्त्रिपरिषद्मा लगेर सार्वजनिक गरिने र कार्यान्वयन भने नयाँ सरकारले गर्ने सम्भावना रहेको बताएकी छन्।
